Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • डेढ करोड राजस्व हिनामिना गरेको आरोपमा मेयरसहित २१ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

    डेढ करोड राजस्व हिनामिना गरेको आरोपमा मेयरसहित २१ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

    अनलाइन नेपाल
  • आइतबार, १२ असार २०७९
  • 1K
    SHARES

    काठमाडौं । डेढ करोड बढी राजस्व हिनामिना गरेको आरोपमा रौतहट, फतुवा विजयपुर नगरपालिकाका तत्कालीन र हालका नगरप्रमुखसहित २१ जनाविरुद्ध  विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार नगरकार्यपालिका रौतहटका तत्कालीन र हालका नगरप्रमुख गोपाल राय यादव, तत्कालीन नगर उप प्रमुख कान्ती देवी, वडा न. १ का तत्कालीन वडा अध्यक्ष संजय प्रसाद, वडा न. २ का तत्कालीन वडा अध्यक्ष भबिछन राय यादव, वडा न. ३ का तत्कालीन वडा अध्यक्ष दिपनारायण साह, वडा न. ५ का तत्कालीन र हालका वडा अध्यक्ष शेख एजाज अहमद विरुद्ध विशेषमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।



    यस्तै आयोगले  वडा न. ६ का तत्कालीन वडा अध्यक्ष हिरा राय यादव, वडा न. ८ का तत्कालीन वडा अध्यक्ष तथा हालका नगरकार्यपालीका सदस्य उमाशंखर साह, वडा न. ९ का तत्कालीन वडा अध्यक्ष दिपनारायण चौधरी, वडा न. १० का तत्कालीन वडा अध्यक्ष योगेन्द्र प्रशाद चौधरी, वडा न. ११ का तत्कालीन र हालका वडा अध्यक्ष ज्ञानेन्द्र चौधरी, तत्कालीन नगर पालिका सदस्य लक्ष्मण साह, तत्कालीन नगर कार्यपालिका सदस्य सुन्दरी माझी, जिरनी देवि,फूलकुमारी देवि, संजु देवि जयसवाल, शशि कुमार साह र रविन्द्र कुमार साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।



    लाल बकैया नदीको आन्तरिक आय व्यवस्थापन सम्बन्धी जिल्ला समन्वय समितिको रोहवरको बैठकबाट दुबै नगरपालिकाले संयुक्त रुपमा ढुंगा, गिट्टी र बालुवाको ठेक्का गर्ने र प्राप्त हुन आउने आयको फतुवा विजयपुर नगरपालिकाले ६० प्रतिशत र गुजरा नगरपालिकाले ४० प्रतिशत रकम वाडँफाँड गर्ने निर्णय गरेकोमा फतुवा विजयपुरले नियम विपरीत रद्ध गरी नगरपालिकालाई नोक्सानी पुर्‍याएको आरोपमा मुद्दा दायर गरेको हो ।

    उनीहरुबाट एक करोड ५३ लाख ५० हजार बिगो माग दावि गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार