काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द बन्दीले संसदीय प्रक्रियाले कानुन निर्माणमा विलम्ब भएको र खर्चिलो बनाएको टिप्पणी गरेका छन् ।
आगामी आर्थिक वर्षको बजेटमा सरकारले कानुन मन्त्रालयका लागि विनियोजन गरेको शीर्षकगत छलफलमा भाग लिँदै राष्ट्रिय सभामा सांसदले उठाएका प्रश्नहरुको जवाफ दिँदै उनले यस्तो टिप्पणी गरेका हुन् ।
सांसदहरुले कानुन निर्माण प्रक्रियालाई कम खर्चिलो बनाउन सकिन्छ कि ? भनेर प्रश्न गरेका थिए ।
जवाफमा मन्त्र बन्दीले समयमै कानुन बनाउन र कम खर्चिलो बनाउन संसदीय प्रोसेसलाई व्यवस्थित बनाउन आवश्यक रहेको बताएका हुन् ।
Leave a Reply