Online Nepal
  • सोमबार, ३ मंसिर २०८१
  • कांग्रेसकी सांसद शाहीको प्रश्न : के कर्णालीमा बनमान्छे बस्छन् त ?

    कांग्रेसकी सांसद शाहीको प्रश्न : के कर्णालीमा बनमान्छे बस्छन् त ?

    अनलाइन नेपाल
  • आइतबार, १२ असार २०७९
  • 834
    SHARES

    काठमाडौं । हुम्लाकी सांसद रंगमती शाहीले सरकारले कर्णालीलाई बेवास्ता गरेको भन्दै आक्रोश व्यक्त गरेकी छन् । आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले हुम्लामा अहिलेसम्म पाठ्यपुस्तक नपुगेको र एउटा सरकारी आंगिक क्याम्पस पनि नरहेको भन्दै राज्यको कर्णालीलाई हेर्ने दृष्टिकोण कहिल्यै बदलिन नसकेको बताइन् ।

    ‘हुम्ला जिल्लाले अहिलेसम्म किताब पाएको छैन । एउटा आंगक क्याम्पस पनि पाएको छैन । म ४ वर्षदेखि आंगिक पाउनुपर्छ भनिरहेको छ, प्रोसेसमा छ भन्छन्, अहिलेसम्म शिक्षा मन्त्रालयको ध्यानाकर्षण किन हुँदैन’ उनले प्रश्न गरिन्, ‘कर्णालीलाई हेर्ने नजर किन बदलिएन, के कर्णालीमा बनमान्छे बस्छन् त ?’



    नेपाली कांग्रेसको तर्फबाट सांसद रहेकी शाहीले विगतमा कांग्रेस प्रतिपक्षमा हुँदा यही प्रश्न उठाएको आफूले अहिले पनि त्यही प्रश्न गर्नुपरिरहेको बताइन् । सत्तापक्ष, प्रतिपक्ष दुबैले कर्णालीमा मान्छे बस्छन् भन्ने नठानेको उनको भनाइ छ ।



    सांसद शाहीले संविधानले आमाको नाममा नागरिकता पाउने अधिकार दिए पनि अहिलेसम्म नागरिकता विधेयक रोकिँदा धेरै नागरिकहरु गैर नगरिक बनिरहेको बताइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार