Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • ब्राउनसुगरसहित एक पक्राउ

    ब्राउनसुगरसहित एक पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, ३ जेष्ठ २०७७
  • 2.1K
    SHARES

    फाइल फोटो

    झापा। गौरीगञ्ज गाउँपालिकाबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ ।

    शिवसताक्षी–४ बुलुचोकका ३५ वर्षीय रामबहादुर विकलाई गए राति गौरीगञ्ज–११ रङ्गेथानबाट ७० ग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए ।



    उहाँका अनुसार रङ्गेथानमा रातको समयमा हिँडिरहेको अवस्थामा विकलाई जाँच गर्ने क्रममा ब्राउनसुगर बरामद भएको हो । लागुऔषधसहित पक्राउ परेका विकमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार