मकवानपुर । बागमती प्रदेशसभाको बैठक आज दिउँसो २ बजे बस्ने भएको छ ।
प्रदेशसभाको आज बस्ने बैठकमा असार १ गते प्रदेश सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०७९ / ८० का लागि प्रस्तुत भएको बजेटमाथि छलफल हुनेछ ।
प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्ष नेकपा (एमाले) को तर्फबाट सरकारले प्रस्तुत गरेको आवको बजेटमाथि संशोधन गरियोस् भनी प्रस्ताव दर्ता गर्ने तयारी रहेको छ ।
प्रदेश सरकारले आगामी आवका लागि कुल ७० अर्ब ९३ करोड अनुमानित बजेट सार्वजनिक गरेको छ । सार्वजनिक कूल बजेटमध्ये चालुतर्फ १९ अर्ब दुई करोड, पूँजीगततर्फ ४१ अर्ब ५६ करोड, वित्तीय हस्तान्तरणतर्फ आठ अर्ब र वित्तीय व्यवस्थापनतर्फ दुई अर्ब बजेट विनियोजन गरिएको छ ।
Leave a Reply