एजेन्सी । सन् २००२ मा भएको गुजरात दंगाका आरोपी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सर्वोच्च अदालतले सफाइ दिएको छ ।
दंगाको समयमा मोदी गुजरातका मुख्यमन्त्री थिए । मोदीलाई आरोपीको सूचीमा समावेश नगरिएको भन्दै सर्वोच्च अदालतमा रिट परेको थियो ।
सर्वोच्चले त्यस रिटलाई खारेज गरेपछि मोदीमाथि लाग्दै आएको आरोपबाट उनी मुक्त भएका हुन् ।
अदालतले गुजरात दंगामा कुनै समुदायमाथि हिंसा फैलाउने षड्यन्त्र कुनै पनि उच्च सरकारी तहबाट नभएको भन्दै रिट खारेज गरिदिएको हो ।
रिटमा कुनै गलत उद्देश्यले दंगा फैलाइएको र त्यसमा मोदीसहितको सहभागिता रहेको भन्दै कानुनी कारबाहीको माग गरिएको थियो ।
Leave a Reply