Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • कोरोना आशंकामा भर्ना भएकी महिलाको धुलिखेल अस्पतालमा निधन

    कोरोना आशंकामा भर्ना भएकी महिलाको धुलिखेल अस्पतालमा निधन

    अनलाइन नेपाल
  • शनिबार, ३ जेष्ठ २०७७
  • 2.7K
    SHARES

    काठमाडौं । स्वासप्रश्वासमा समस्या देखिएर भर्ना भएकी महिलाको मृत्यु भएपछि काभ्रेको धुलिखेल अस्पतालमा सतर्कता अपनाइएको छ ।

    उपचारका लागि अस्पताल भर्ना भएकी सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षकी महिलाको बिहीबार राति मृत्यु भएको अस्पताल स्रोतले वताएको छ।  उनी काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएर डिस्चार्ज भएको थिइन ।



    त्यसपछि बिरामी भएर उनी उपचारका लागि अस्पताल भर्ना भएकी थिइन । उनलाई कोरोना आशंका गरिएको छ। उनको पीसीआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको छ ।



    उनको धुलिखेलमा पीसीआर र आरडीटी दुवै परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको र टेकुमा पुन: स्वाब पठाइएको धुलिखेल अस्पतालका एक चिकित्सकले वताए । टेकुको रिपोर्ट मन्त्रालयले नै सार्वजनिक गर्ने वताइएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार