Online Nepal
  • मंगलबार, ४ मंसिर २०८१
  • महालक्ष्मी नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई गौरी शंकर टोल सुधार समितिको बधाई तथा शुभकामना

    महालक्ष्मी नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई गौरी शंकर टोल सुधार समितिको बधाई तथा शुभकामना

    अनलाइन नेपाल
  • शनिबार, ११ असार २०७९
  • 1.5K
    SHARES

    ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका–४ स्थित गौरी शंकर टोल सुधार समितिले नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना प्रदान गरेको छ ।

    समितिले आज बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरी महालक्ष्मी नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यहरुलाई बधाई तथा शुभकामना प्रदान गरेको हो ।



    समितिले नगर प्रमुख हरिगोविन्द श्रेष्ठ, उपप्रमुख लक्ष्मी महर्जन, वडाध्यक्ष अमृत खत्री र वडा सदस्यहरु शशी कुमार महर्जन, बिष्णु बहादुर रोक्का र महिला वडा सदस्य सिता थापा मगरलाई स्वागत तथा शुभकामना प्रदान गरेको समितिका अध्यक्ष शिवप्रसाद घिमिरेले बताए ।



    कार्यक्रममा बोल्दै मेयर श्रेष्ठले समितिले राम्रो योजना बनाएर ल्याएमा आफूले सकेको सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे । उनले भने–‘कम्तिमा १५–२० वर्ष पछिलाई पनि हुने गरी योजना बनाउनुहोस् । त्यसका लागि म सहयोग गर्छुु ।’

    उनले भने–‘तपाईहरूले टिकट पाउनु भयो भने जिताउने जिम्मा हाम्रो भन्नु भएको थियो । तपाईहरुले आफ्नो बचनवद्धता पूरा गर्नु भएको छ । त्यसैले म यो टोलको ऋणी भएको छु । संथागत रुपमा छ छँदैछ, व्यक्तिगत रुपमा पनि मैले के गर्न सक्छु त्यो सहयाेग गर्छु ।’

    उनले महिलाहरुलाई जहिल्यै पनि पछि पारिएको अवस्थामा आफूहरुले भने ‘सम्पूर्ण महिला सबैभन्दा पहिला’ भन्ने नारका साथ महिला अधिकारका लागि संघर्ष गरिरहने बताए ।

    कार्यक्रममा अध्यक्ष घिमिरेले नगर प्रमुखलगायत नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत गर्दै शुभकामना प्रदान गर्न पाउँदा खुसी लागेको बताउँदै मायाको चिनो प्रदान गरेका थिए ।

    कार्यक्रममा महानगरिय प्रहरी प्रभाग इमाडोलका प्रमुख प्रहरी निरीक्षक (इन्सपेक्टर) अरुण भट्टराईलगायत गौरी शंकर टोलका स्थानीयबासीको उपस्थिति रहेको थियो ।

    श्रेष्ठ नेकपा एमालेको तर्फबाट मेयरमा विजयी भएका हुन् । उनी माओवादी केन्द्रका शिबप्रसाद कट्टेललाई भारी मतान्तरमा पराजित गर्दै विजयी भएका थिए ।

    मेयरमा श्रेष्ठले ९ हजार ३५० मतसहित ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी माओवादीका कट्टेलले ५ हजार ६५८ मत प्राप्त गरेका थिए ।

    त्यसैगरी उपमेयरमा नेपाली कांग्रेसकी लक्ष्मी महर्जनले एमालेकी उम्मेदवार विणा सुवेदीलाई पराजित गर्दै विजयी भएकी थिइन । महर्जन ९ हजार ५९१ मत ल्याउँदा सुवेदीले ८ हजार ६८३ प्राप्त गरेकी थिइन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार