Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • हैजाको संक्रमण नियन्त्रणमा लाग्न गृहमन्त्री बालकृष्ण खाँणको निर्देशन

    हैजाको संक्रमण नियन्त्रणमा लाग्न गृहमन्त्री बालकृष्ण खाँणको निर्देशन

    अनलाइन नेपाल
  • शनिबार, ११ असार २०७९
  • 834
    SHARES

    फाइल तस्विर

    काठमाडौं । काठमाडौं उपत्यकासहित विभिन्न ठाउँमा देखा परेको हैजा रोगको नियन्त्रणमा लाग्न गृहमन्त्री बालकृष्ण खाँणले निर्देशन दिएका छन् ।

    सम्बन्धित निकायका प्रमुखहरु र सुरक्षा निकायका प्रमुखहरूबाट हैजा रोगको संक्रमणबारे जानकारी दिँदै सम्भावित महामारी फैलिन नदिनका लागि सबै सतर्कता अपनाउन निर्देशन दिएका हुन् ।



    गृहमन्त्री खाँणले त्यसको रोकथाम र उपचारको पूर्वतयारीका बारेमा समेत जानकारी लिएका छन् । मन्त्री खाँणले उपत्यकामा खानेपानीको अवस्था, त्यसको परीक्षण भए-नभएको र सम्भावित संक्रमणबाट बच्न भइरहेका गतिविधि र संक्रमित बिरामीहरूको अवस्थाबारे जिज्ञासा राखेका थिए ।



    हाल काठमाडौं उपत्यकाको बागबजार, डिल्लीबजार, सानेपा लगायत क्षेत्रमै हैजाको संक्रमण देखा परेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार