Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • रवि लामिछानेले सञ्चालन गर्ने भनेको कार्यक्रम ‘द लिडर’ फेरि विवादमा

    रवि लामिछानेले सञ्चालन गर्ने भनेको कार्यक्रम ‘द लिडर’ फेरि विवादमा

    अनलाइन नेपाल
  • शनिबार, ११ असार २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । रवि लामिछानेले सञ्चालन गर्ने भनेको कार्यक्रम ‘द लिडर’ फेरि एकपटक विवादमा तानिएको छ । कार्यक्रममा सहभागी हुन पैसा उठाइएको तर हालसम्म कार्यक्रम पनि सञ्चालन नभएको र पैसा पनि फिर्ता नभएको भन्दै सामाजिक सञ्जालमा प्रश्न उठाइएको हो ।

    कार्यक्रम विवादमा तानिएपछि सो कार्यक्रमले यसअघि ८८३ जनाको पैसा ब्याजसहित फिर्ता गरेको बताउँदै फिर्ता गर्न बाँकी रहेकाहरूको पैसा फिर्ता गर्ने प्रतिबद्धता जनाएको हो ।



    रजिस्ट्रेसन शुल्क फिर्ताका लागि टिभी तथा सामाजिक सञ्जालमार्फत पटकपटक सार्वजनिक सूचना पनि जारी गरेका थियौँ । रजिस्ट्रेसन गर्नुभएका ११९२ मध्ये अहिलेसम्म ८८३ जनाले ब्याजसहित रकम फिर्ता लगिसक्नुभएको छ ।



    कार्यक्रमका सञ्चालक रवि लामिछाने स्वयं राजनीतिमा प्रवेश गरेको परिप्रेक्ष्यमा कार्यक्रम सञ्चालन गर्ने या नगर्ने निर्णय गरिनसकेको पनि सूचनामा उल्लेख छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार