Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख जियानचाओले गरे ओली र प्रचण्डसँग वार्ता

    चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख जियानचाओले गरे ओली र प्रचण्डसँग वार्ता

    अनलाइन नेपाल
  • शनिबार, ११ असार २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बेग्लाबेग्लै भिडियो वार्ता गरेका छन् ।

    प्रचण्डसँग बिहीबार र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग शुक्रबार भिडिओ कुराकानी भएको हो ।



    चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) को विदेश विभागका अनुसार भिडिओ वार्तापछि दुई पार्टीबीच आदानप्रदान र सहयोगसम्बन्धी समझदारीपत्र (एमओयु) मा हस्ताक्षर पनि भएको छ ।



    भिडिओ वार्तामा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री चेन झोउले पनि सहभागी थिए । दाहालसँग बिहीबार भएको कुराकानीमा चिनियाँ नेता लिउले चीन र नेपाल हिमाल र नदीले जोडिएका मित्रवत् छिमेकी रहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार