Online Nepal
  • सोमबार, ३ मंसिर २०८१
  • कम्युनिस्ट पार्टीहरू कहिल्यै विदेशीसामु लम्पसार नपर्ने माधव नेपालको भनाई

    कम्युनिस्ट पार्टीहरू कहिल्यै विदेशीसामु लम्पसार नपर्ने माधव नेपालको भनाई

    अनलाइन नेपाल
  • शुक्रबार, १० असार २०७९
  • 966
    SHARES

    काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिस्ट पार्टीहरू कहिल्यै विदेशीसामु लम्पसार नपर्ने बताएका छन् ।

    शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा बसेको पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कुनै पनि कम्युनिस्ट पार्टी विदेशीसामु झुक्न नसक्ने बताएका हुन् ।



    कम्युनिस्ट पार्टी कहिल्यै विदेशीको इसारामा चल्न नसक्ने पनि उनको भनाइ थियो । अध्यक्ष नेपालले कम्युनिस्ट पार्टी र कम्युनिस्ट आन्दोलनले देशभक्तिलाई महत्त्व दिने उल्लेख गर्दै राष्ट्र, राष्ट्रियताको रक्षा, राष्ट्रको मर्यादामा रहने कुरालाई केन्द्रविन्दुमा राखेर अघि बढ्ने गरेको बताए ।



    ‘हाम्रो दिमागमा तीन वटा कुरा सदैव रहनुपर्छ । आफ्नो देश, राष्ट्र, राष्ट्रप्रतिको समर्पण भाव, देशभक्तिको भावना यसबाट हामी विचलित हुन सक्दैनौँ । कम्युनिस्ट पार्टी र कम्युनिस्ट आन्दोलनले देशभक्तिलाई महत्त्व दिन्छ । विदेशीहरुको सामु लम्पसार पर्दैन । विदेशीहरुका सामु घुँडा टेक्दैन । विदेशीका इसारामा नाच्दैन । विदेशीहरुको स्वादमा चल्दैन । आफ्नो देश, आफ्नो राष्ट्र, राष्ट्रियताको रक्षा, राष्ट्रको मर्यादामा रहने कुरालाई केन्द्रविन्दुमा राख्छ । फलस्वरूप जनताको विश्वास हामी जित्न सक्छौँ,’ अध्यक्ष नेपालले भने ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार