Online Nepal
  • सोमबार, ३ मंसिर २०८१
  • सबै पदमा उम्मेदवारी दिँदा आधा महिला उम्मेदवार समावेश गर्नुपर्ने व्यवस्था अनिवार्य गरौं : निलकण्ठ उप्रेती

    सबै पदमा उम्मेदवारी दिँदा आधा महिला उम्मेदवार समावेश गर्नुपर्ने व्यवस्था अनिवार्य गरौं : निलकण्ठ उप्रेती

    अनलाइन नेपाल
  • शुक्रबार, १० असार २०७९
  • 627
    SHARES

    काठमाडौं । निर्वाचन आयोगका पूर्व प्रमुख आयुक्त निलकण्ठ उप्रेतीले दलहरुले सबै पदमा उम्मेदवारी दिँदा आधा महिला उम्मेदवार समावेश गर्नुपर्ने व्यवस्था लागू गर्नुपर्ने बताएका छन् ।

    महिला तथा सामाजिक समितिको आज सिंहदरबारमा बसेको बैठकमा उनले संविधानको धारा ३८ अनुसार समानुपातिक समावेशी अनुसार कानुन नबनाएकोमा पनि प्रश्न उठाए ।



    समावेशी कानुन नबनेकोले नै ०७० . ०७४ को चुनावमा महिला उम्मेदवारको संख्यामा खासै फरक नपरेको उनको भनाइ थियो ।



    बैठकमा स्थानीय तह निर्वाचनमा महिला उम्मेदवारीको अवस्था, संविधान एवं कानूनको मर्म र अबको बाटोका विषयमा छलफल भइरहेको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार