काठमाडौं । आफूखुसी गैर हाजिर, खोजतलास फेला नपरेको र हाजिर सुचना जारी गर्दा पनि सम्पर्कमा नआएकाले ७ दिनभित्र कार्यालयमा हाजिर हुन प्रहरी प्रधान कार्यालयले आग्रह गरेको छ । प्रहरी प्रधान कार्यालयले विभिन्न जिल्लामा दरबन्दी रहेका २४ जना प्रहरीलाई हाजिर हुन निर्देशन दिएको हो ।
प्रहरी प्रधान कार्यालयले जारी सूचनामा लेखिएको छ, ‘ सन्तोषजनक जवाफको स्पष्टीकरणसहित यस कार्यालय वा सूचना जारी गरेको कार्यालयमा हाजिर हुन आउनु होला ।’
प्रहरी नियमावली २०७१ को नियम ११३ को उपनियम १ को खण्ड (च ) को कसुरमा (ऐ ) नियमावलीको १०९ को देहाय ख ( १ )बमोजिम सेवाबाट हटाइने कारबाही हुनेछ ।
प्रहरी नियमावली २०७१ को अनुसूची १४ को भाग ४ प्रयोजनार्थ यसै सामूहिक सूचनामार्फत सफाइको अवसर दिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।
Leave a Reply