काठमाडौं । सत्तारूढ नेकपा (एकीकृत समाजवादी) का लागि मन्त्री परिवर्तनको निर्णय जटिल बन्दै गएको छ ।
बहालवाला मन्त्रीहरुले विभिन्न बहाना बनाएर सरकारबाट बाहिरिन आनाकानी गरेपछि पार्टी कमिटीका बैठकहरूमा पनि यो विषयले विवाद सृजना गरेको छ ।
मन्त्रीहरूमा पदलोलुपता देखिएको भन्दै पार्टीभित्रकै नेता कार्यकर्ताहरु आलोचनामा उत्रिएका छन् ।
पार्टीको विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले पनि आफ्ना पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरूमा ‘म नै सबथोक हुँ’ भन्न फ्रान्सेली राजा लुई चौधौको प्रवृत्ति देखिएको भन्दै आलोचना गरेका छन् ।
Leave a Reply