Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • प्रधानसेनापति प्रभुराम शर्मा सिरियामा, सुरक्षा पोष्टको स्थलगत निरीक्षण

    प्रधानसेनापति प्रभुराम शर्मा सिरियामा, सुरक्षा पोष्टको स्थलगत निरीक्षण

    अनलाइन नेपाल
  • बिहिबार, ९ असार २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा बुधवार लेबनानको भ्रमण पूरा गरेर सिरिया पुगेका छन् । शर्मा तथा भ्रमण दलका सदस्यहरूले बिहीवार युनाइटेड नेसन डिसइन्गेजमेन्ट अब्जर्भर फोर्स अन्तर्गतका सुरक्षा पोष्टहरूको भ्रमण गरेका छन् ।

    भ्रमणको क्रममा शर्मा माउण्ट हर्मन कम्प्लेक्सस्थित दशौं डफ्फा पुगी उक्त इलाकाको वस्तुस्थितिलगायत विविध पक्षहरूका बारेमा समेत जानकारी लिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।



    सोही अवसरमा प्रधान सेनापति शर्माले उक्त शा.से. युनिटमा उल्लेखनीय कार्य गर्ने चार जना नेपाली शान्ति सैनिकलाई ‘प्रधानसेनापति प्रशंसा निशान’ प्रदान गरेका छन् ।



    सोही क्रममा, प्रधान सेनापति शर्माले फोर्स हे.क्वा. ईन्फेन्ट्री सपोर्ट युनिटका सकलदर्जालाई सम्बोधन गर्दै भौगोलिक, सामरिक तथा सुरक्षात्मक दृष्टिकोणले समेत अति महत्वपूर्ण स्थानको रुपमा रहेको माउण्ट हर्मन इलाकामा तैनाथ रहेर शान्ति स्थापनार्थ आफ्नो योगदान दिई नेपाल, नेपाली सेना र संयुक्त राष्ट्र संघको विश्वसनीयता बढाएकोमा धन्यवाद दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार