Online Nepal
  • सोमबार, ३ मंसिर २०८१
  • मन्त्री फिर्ता बोलाउने एकीकृत समाजवादीको तयारी , यस अघि फिर्ता बोलाएका मन्त्री हेरफेर

    मन्त्री फिर्ता बोलाउने एकीकृत समाजवादीको तयारी , यस अघि फिर्ता बोलाएका मन्त्री हेरफेर

    अनलाइन नेपाल
  • बिहिबार, ९ असार २०७९
  • 735
    SHARES

    काठमाडौं । जेठ २२ गते सरकारमा सहभागी मन्त्री फिर्ता बोलाउने निर्णय कार्यन्वयन नभए पछि नेकपा (एकीकृत समाजवादी)ले फेरि आज आफ्ना मन्त्री फिर्ता बोलाएर नयाँलाई सिफारिस गर्ने तयारी गरेको छ।

    बिहीबार दिउँसो बसेको पार्टीको सचिवालय बैठकले भोलिसम्म सरकारमा रहेका आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।



    प्रधानमन्त्रीको समय मिले आजै र नमिले भोलिसम्म मन्त्रीहरूलाई फिर्ता बोलाइने पार्टीले जनाएको छ। पार्टीले यसअघि सार्वजनिक गरेको फिर्ता बोलाउने मन्त्री हेरफेर हुनेछ।



    एकीकृत समाजवादीले सहरी विकासमन्त्री रामकुमारी झाँक्रीलाई फिर्ता बोलाएर मेटमणि चौधरीलाई पठाउने निर्णय गरेको छ। त्यस्तै, जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, शेरबहादुर कुँवरलाई श्रम तथा रोजगार र स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा भवानी खापुङलाई पठाउने निर्णय भएको प्रवक्ता खतिवडाले जानकारी दिए।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार