Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • सहमति विपरित नागरिकता विधेयक खुकुलो पारिए अमान्य हुने जनमोर्चाको चेतावनी

    सहमति विपरित नागरिकता विधेयक खुकुलो पारिए अमान्य हुने जनमोर्चाको चेतावनी

    अनलाइन नेपाल
  • बिहिबार, ९ असार २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । सत्तारुढ दल राष्ट्रिय जनमोर्चाले गठबन्धन दलबिच भएको सहमति विपरित नागरिकता विधेयक खुकुलो पारिए अमान्य हुने चेतावनी दिएको छ ।

    जन्मको आधारमा नागरिकता प्राप्त गरेका गैर नेपालीहरुको नागरिकता खारेज नगरी उनीहरुका सन्तानलाई वंशजको नागरिकता दिने प्रावधान नागरिकता विधेयकमार्फत आए अमान्य हुने चेतावनी पार्टीले दिएको हो ।



    बुधबार बेलुका सत्ता गठबन्धन दलबिच संसदमा विचाराधीन नागरिकता विधेयक परिमार्जनसहित अघि बढाउने सहमति भएको थियो ।



    जनमोर्चाले वैवाहिक अङ्गीकृत नागरिकता दिने सवालमा नेपाली पुरुष नागरिकले विदेशी महिला नागरिकसँगै विवाह गर्ने वित्तिकै र उक्त विदेशी महिलाले आफ्नो मुलुकको नागरिकता परित्याग नगरी नेपाली नागरिकता प्राप्त गर्ने कुनै पनि प्रकारको व्यवस्थाको विरोध गर्दै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार