Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • अर्थमन्त्रीको राजिनामासँगै अर्थ र सञ्चार मन्त्रालयको कार्यभार अस्पताल भर्ना भएका प्रधानमन्त्रीलाई

    अर्थमन्त्रीको राजिनामासँगै अर्थ र सञ्चार मन्त्रालयको कार्यभार अस्पताल भर्ना भएका प्रधानमन्त्रीलाई

    अनलाइन नेपाल
  • मंगलबार, २० फाल्गुन २०७६
  • 2.4K
    SHARES

    काठमाडौं । अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएसँगै उनले सम्हाल्दै आएको मन्त्रालयहरुको कार्यभार प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिइएको छ ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ र सञ्चार मन्त्रालयको कार्यभार प्रधानमन्त्री ओलीले सम्हाल्ने गरी कार्यभार तोकेकी हुन् ।



    राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार आजैबाट लागू हुनेगरी प्रधानमन्त्रीले सो कार्यभार सम्हाल्नेछन् ।



    प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि टिचिङ अस्पताल भर्ना भएका छन् । उनको भोलि बिहान शल्यक्रिया हुँदै छ ।

    यसैबीच दुई वर्षे कार्यकाल समाप्त भएपछि आज पदबाट राजीनामा दिएका खतिवडाले भोलि पुनः अर्थमन्त्रीको शपथ लिने भएका छन् ।

    राष्ट्रियसभाको कार्यकाल सकिएसँगै उनले आज राजीनामा दिएका थिए । प्रधानमन्त्री सचिवालय स्रोतका अनुसार खतिवडालाई भोलि बिहान पुनः अर्थमन्त्रीमा शपथ गराउने तयारी छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार