Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • प्रतिबन्धको असर : मोबाइलको आयात घट्यो

    प्रतिबन्धको असर : मोबाइलको आयात घट्यो

    अनलाइन नेपाल
  • बिहिबार, ९ असार २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । मोबाइलको आयात घटेको छ । यसअघि मासिक औसत दुई अर्ब रुपियाँभन्दा बढीको मोबाइल आयात भइरहेकामा पछिल्ला दुई महिनामा भने यसको आयात घटेको हो ।

    भन्सार विभागका अनुसार जेठमा एक अर्ब १२ करोड ५४ लाख रुपियाँको मोबाइल आयात भएको छ । जब कि वैशाखमा एक अर्ब ९६ करोड १७ लाख रुपियाँको मोबाइल आयात भएको थियो ।



    सरकारले वैशाख दोस्रो साता छ सय डलरभन्दा बढी मूल्यका मोबाइल सेट असारसम्म आयात गर्न रोक लगाएपछि त्यसको असर देखिन थालेको हो ।



    विदेशी मुद्रा सञ्चितिमा दबाब बढेपछि सरकारले उक्त मूल्य माथिका मोबाइलसहित अन्य नौवटा वस्तुको आयातमा रोक लगाउने निर्णय गरेको थियो ।

    सो निर्णयपछि नेपालमा सबैभन्दा धेरै आयात हुने पाँचवटा वस्तुमध्ये पर्ने मोबाइलको आयात घटेको विभागको तथ्याङ्कले देखाउँछ । गोरखापत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार