Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • न्यायाधीश–अधिवक्ता घुस डिल प्रकरण : तीन सदस्यीय छानबिन समिति गठन

    न्यायाधीश–अधिवक्ता घुस डिल प्रकरण : तीन सदस्यीय छानबिन समिति गठन

    अनलाइन नेपाल
  • बुधबार, ८ असार २०७९
  • 1.9K
    SHARES

    काठमाडौं । न्याय परिषद्ले न्यायाधीश–अधिवक्ता घुस डिल प्रकरणबारे छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ ।

    बुधबार बसेको न्याय परिषद्को बैठकबाट परिषद्का सदस्य रामप्रसाद श्रेष्ठको नेतृत्वमा छानबिन समिति गठन गरिएको हो ।



    छानबिन समितिका सदस्यहरूमा उच्च अदालत पाटनका कामु मुख्य न्यायाधीश महेशप्रसाद पुडासैनी र उच्च अदालत पाटनकै न्यायाधीश महेश शर्मा छन् ।



    समितिलाई न्याय परिषद्समक्ष ४५ दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको बताइएको छ ।

    काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्रप्रसाद पोखेरलबीच भएको संवाद भन्दै एउटा अडियो सार्वजनिक थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार