काठमाडौं । सत्ता गठबन्धनको बैठकमा नागरिकता विधेयक अगाडि बढाउने सहमति भएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन दलको बैठकमा सो सहमति भएको हो ।
‘प्रधानमन्त्रीले नागरिकताको विधेयकलाई अगाडि बढाउने प्रस्ताव गर्नुभएको छ। अहिले हाम्रो समाजमा बुवा नागरिक, आमा नागरिक तर उनका सन्तानहरु नागरिकताविहीन भइरहेको अवस्था छ। यसलाई अन्त्य गर्नका निम्ति अग्रसरता लिनका निमित्ति आज निर्णय भएको छ’, सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने ।
कार्कीले बावु र आमा नेपाली नागरिक तर उसका सन्तान नागरिकताविहीन रहेको अवस्थाले समाजमा पीडा पुर्याएको भन्दै त्यस पीडाबाट मुक्ति दिनु राज्यको कर्तव्य भएको बताए।
नागरिकता विधेयक २०७५ साउन २२ गते संसद् सचिवालयमा दर्ता भएको थियो । त्यसपछि लामो समयसम्म संसद्को राज्यव्यवस्था समितिमा अड्किएको थियो ।
Leave a Reply