काठमाडौं । सत्ता गठबन्धन दलका शिर्ष नेताहरु छलफलमा जुटेका छन् ।
प्रधानमन्त्री सरकारी बालुवाटारमा कहीबेर अघि सत्ता गठबन्धन दलको बैठक सम्पन्न भएको हो । बैठकले नागरिकता विधेयक अघि बढाउने निर्णय गरेको थियो ।
गठबन्धन बैठक सम्पन्न गरेर बाहिर निस्किएका एक नेताले दिएको जानकारी अनुसार प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकिकृत समाजवादी) अध्यक्ष माधव नेपाल छलफलमा जुटेका हुन् ।
गठबन्धनको बैठकमा एकिकृत समाजवादीले मन्त्रिपरिषद् हेरफेरको विषय उठाए पनि प्रधानमन्त्रीले पछि कुरा गरौला भनेर टारिदिएका थिए । तीन नेताहरुको बैठकमा मन्त्रिपरिषद्कै विषयमा छलफल भइरहेको बताइएको छ ।
Leave a Reply