Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • न्यायाधीश–वकिलबीचको अडियो प्रकरण : के भन्छ बार एसोसिएसन ?

    न्यायाधीश–वकिलबीचको अडियो प्रकरण : के भन्छ बार एसोसिएसन ?

    अनलाइन नेपाल
  • बुधबार, ८ असार २०७९
  • 969
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल बार एसोसिएसन न्यायाधीश–वकिलबीचको अडियो प्रकरणमा बोलेको छ ।

    बारका महासचिव अन्जिता खनालले बुधबार जारी गरेको विज्ञप्तिमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्रप्रसाद पोख्रेल बीचमा इच्छाराज तामाङलाई धरौटीमा छुटाउनका लागि मोलमोलाई गरिएको अडियो सार्वजनिक प्रकरणमा गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।



    संवैधानिक सर्वोच्चता, विधिको शासन, स्वतन्त्र–निष्पक्ष न्यायपालिकाका लागि बार निरन्तर एशोसिएशन क्रियाशील रहेको स्मरण गराउँदै विज्ञप्तिमा भनिएको छ, ‘न्यायपालिकाको शुद्धीकरण र सुदृढीकरणको निम्ति यस एशोसिएसनले सदैव पहरेदारी गरि आएको सन्दर्भमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र प्रसाद पोख्रेल बीचमा ई।इच्छाराज तामाङलाई धरौटीमा छुटाउनका लागि मोलमोलाई गरिएको अडियो प्रसारित अडियो समाचारका सम्बन्धमा यस नेपाल बार एशोसिएशनको गम्भीर ध्यानाकर्षण भएको छ ।’



    नागरिकको आस्था र धरोहरको अन्तिम केन्द्रको रुपमा रहेको न्यायपालिकाको साख श्रीवृद्धिमा मुख्य भूमिका निर्वाह गर्ने न्यायाधीश, कर्मचारी तथा कानून व्यवसायीहरुबाटै यस्ता किसिमका अवाञ्छित, अमर्यादित र अनुचित कार्य हुनु निन्दनीय रहेको विज्ञप्तिमा उल्लेख छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार