काठमाडौं । नेकपा एमालेका सांसद भिम रावलले सरकारले इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा राखेर संविधान मिचेको बताएका छन ।
राज्य निर्देशक सिद्धान्त, निति र दायित्वको कार्यान्वयन अनुगमन तथा मुल्यांकन समितिमा बोल्दै इम्बोस्ड नम्बर प्लेटमा सरकारले संविधान मिचेको बताएका हुन ।
उनले संविधानमा उल्लेख बमोजिम नेपालको भाषा नेपाली देवनागरी मा हुनुपर्ने व्यवस्था छ ।
तर सरकारले इम्बोस्ड नम्बर प्लेटमा कानून मिचेको रावलको भनाइ छ । रावलले इम्बोस्ड नम्बर छपाइको जिम्मेवारी बिदेशी कम्पनीलाई दिनुमा समेत शंका प्रकट गरे ।
Leave a Reply