Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • इच्छाराजलाई छुटाउन घुस लेनदेन प्रकरणमा न्यायाधीश कोइराला भन्छन्- ममाथि न्याय परिषद्‍बाट छानबिन होस्

    इच्छाराजलाई छुटाउन घुस लेनदेन प्रकरणमा न्यायाधीश कोइराला भन्छन्- ममाथि न्याय परिषद्‍बाट छानबिन होस्

    अनलाइन नेपाल
  • बुधबार, ८ असार २०७९
  • 867
    SHARES

    काठमाडौँ  । व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउन भएको घुस लेनदेनबारेको अडियो सार्वजनिक भएपछि विवादमा आएका काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाले आफूले अनुचित कार्य नगरेको दाबी गरेका छन् ।

    न्युज २४ टिभीले मंगलबार साँझ सार्वजनिक गरेको अडियोमा न्यायाधीश कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच व्यवसायी तामाङलाई धरौटीमा छुटाउन भएको घुस लेनदेनको कुराकानी भएको छ ।



    न्यायाधीश कोइरालाले आफ्नाबारे सार्वजनिक भएको समाचारप्रति ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।



    घटनाबारे न्यायपरिषद्‍बाट छानिबनको माग गर्दै उनले त्यसमा पूर्ण सहयोग गर्ने पनि बताएका छन् ।

    न्यायाधीश कोइरालाले फेसबुकमा लेखेका छन्, ‘मबारे आज आएको समाचारप्रति मेरो ध्यानाकर्षण भएको छ । मबाट कुनै अनुचित कार्य भएको छैन । विभिन्न प्रभाव र दबाबका बाबजुद निष्पक्ष भूमिका निर्वाह गरेको छु । ममाथि न्याय परिषद्‍बाट छानबिन होस् तथा सहयोग गर्ने पूर्ण प्रतिबद्धता व्यक्त गर्दछु ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार