Online Nepal
  • बुधबार, ३० असोज २०८१
  • एलन मस्कसँगको नाता तोड्न छोरीले हालिन् मुद्दा

    एलन मस्कसँगको नाता तोड्न छोरीले हालिन् मुद्दा

    अनलाइन नेपाल
  • बुधबार, ८ असार २०७९
  • 915
    SHARES

    एजेन्सी । आफ्ना बुवासँग कुनै पनि प्रकारको नाता सम्बन्ध कायम राख्न नचाहेको भन्दै विश्वका सर्वाधिक धनी व्यक्ति एलन मस्ककी समलिङ्गी छोरीले कानूनी रुपमा नाम र लिङ्ग परिवर्तनका लागि निवेदन दिएकी छिन् ।

    १८ वर्षकी जेभिएर एलेक्जेन्डर मस्कले अबदेखि आफ्नो नाम भिभियन जेन्ना विल्सन कायम हुन तथा आफूलाई महिलाको रुपमा पहिचान प्रदान गर्न माग गर्दै निवेदन दिएकी हुन् ।



    सान्टा मोनिकास्थित लस एन्जल्स सुपेरियर कोर्टमा उनले नाम परिवर्तन तथा नयाँ जन्मदर्ताका लागि गत अप्रिलमा निवेदन दिएकी भएपनि बल्ल सार्वजनिक भएको हो ।



    आफ्ना अर्बपति बुवा एलन मस्कसँग उनकी छोरीले किन नाता सम्बन्ध विच्छेद गर्नका लागि अदालत गुहारेकी हुन् भन्ने प्रष्ट भएको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार