Online Nepal
  • सोमबार, ३ मंसिर २०८१
  • राष्ट्रपति कार्यालयबाट सक्कल प्रति नआउँदा संवैधानिक नियुक्तिसम्बन्धी सुनुवाइ बुधबार पनि प्रभावित

    राष्ट्रपति कार्यालयबाट सक्कल प्रति नआउँदा संवैधानिक नियुक्तिसम्बन्धी सुनुवाइ बुधबार पनि प्रभावित

    अनलाइन नेपाल
  • बुधबार, ८ असार २०७९
  • 687
    SHARES

    फाइल फोटो

    काठमाडौं । संवैधानिक निकायका ५२ पदाधिकारीहरुको नियुक्तिसम्बन्धी मुद्दाको सुनुवाइ बुधबार पनि प्रभावित भएको छ ।

    राष्ट्रपति कार्यालयबाट पदाधिकारीको नियुक्तिसम्बन्धी कागजातको सक्कल प्रति सर्वोच्च अदालतमा नआएपछि बुधबारको संवैधानिक इजलासमा सुनुवाइ हुन सकेन ।



    इजलासले पुनः कागजात झिकाउने आदेश गरेको छ । संवैधानिक इजलासले गत चैत ९ गते नै सक्कल प्रति झिकाउने आदेश दिएको भएपनि अहिलेसम्म उक्त पत्र नआएको भन्दै बुधबारको सुनुवाइ अघि बढ्न नसकेको हो ।



    तत्कालीन प्रधानमन्त्री केपी शर्मा ‌ओलीले २०७७ मंसिर ३० मा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरी ३ जना उपस्थित हुँदा पनि संवैधानिक परिषद्को बैठक बस्न र निर्णय गर्न सक्ने व्यवस्था गरेका थिए ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार