काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले पार्टी केन्द्रीय कमिटी बैठक तत्काल नबोलाउने भएको छ ।
गएको ३० जेठमा सचिवालयको बैठक बसेको थियो । उक्त बैठकले स्थानीय चुनावमा पराजयबारे सामान्य छलफल गरेको छ ।
पार्टीभित्र अन्तर्घात भएको र सत्तारुढ दलहरुले गठबन्धन गरेकाले सिट संख्या घटेपनि एमाले प्रमुख शक्तिमा कायमै रहेको निष्कर्ष सचिवालय बैठकले निकालेको थियो ।
तर चुनावबारे स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटीमा भने छलफल भएको छैन । अध्यक्ष केपी शर्मा ओली निकट एक नेताका अनुसार, तत्काल कुनै पनि बैठक नराखिने भएको छ ।
Leave a Reply