Online Nepal
  • सोमबार, ३ मंसिर २०८१
  • स्वास्थ्य बीमा कार्यक्रम – बीएण्डसी र नोबेल मेडिकलको अर्बौ भुक्तानी बाँकी

    स्वास्थ्य बीमा कार्यक्रम – बीएण्डसी र नोबेल मेडिकलको अर्बौ भुक्तानी बाँकी

    अनलाइन नेपाल
  • बुधबार, ८ असार २०७९
  • 756
    SHARES

    काठमाडौं । पूर्वमा सञ्चालित मेडिकल कलेजहरूले बिरामीलाई उपचार गरेबापत सरकारबाट अर्बौ रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको बताएका छन् । बीएमसी र नोबेल मेडिकल कलेजले सरकारबाट अर्बौ रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको बताएका हुन् । सरकारले ५ वर्षअघि सर्वसाधारणलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यसहित ‘स्वास्थ्य बीमा कार्यक्रम’ सुरू गरेको थियो ।

    यस योजनामार्फत बीमा गरेका बिरामी अस्पतालमा आएर उपचार गरेबापत सरकारले दिनुपर्ने बीमा बापतको रकम नपाएको उनीहरूको गुनासो छ । बीएण्डसी यस स्वास्थ्य बीमा योजनामा विगत २ वर्षदेखि जोडिएर बिरामीलाई सेवा दिइरहेको दुर्गा प्रसाईले बताए ।



    स्वास्थ्य बीमा कार्यक्रममा जोडिएका बिरामीलाई उपचार गरेबापत बीएण्डसीलाई मात्रै सरकारले ४५ करोडभन्दा बढी रकम दिन बाँकी रहेको दाबी प्रसाईंको छ । यस्तै, नोबेल मेडिकल कलेजले यस कार्यक्रममा जोडिएका बिरामीलाई उपचार गरेबापत ५४ करोडभन्दा धेरै रकम लिन बाँकी रहेको दाबी गरेको छ ।



    यस्तै, बिराट मेडिकल कलेजले समेत सोही रकम बराबरको रकम लिन बाँकी रहेको बताइएको छ । यही असार २० गतेसम्म उक्त रकम भुक्तानी नभएमा स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत रहेर आउने बिरामीको उपचार नगर्ने मेकिडल कलेजहरूले बताएका छन् ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार