Online Nepal
  • सोमबार, ३ मंसिर २०८१
  • सरकारी सहीछाप कीर्ते मुद्दामा एमाले सांसद गुलेफुन खातुन पदमुक्त

    सरकारी सहीछाप कीर्ते मुद्दामा एमाले सांसद गुलेफुन खातुन पदमुक्त

    अनलाइन नेपाल
  • बुधबार, ८ असार २०७९
  • 894
    SHARES

    काठमाडौं । नेकपा एमालेबाट निर्वाचित प्रदेश १ की सांसद गुलेफुन खातुनलाई सरकारी सहीछाप किर्ते मुद्दामा विराटनगरस्थित उच्च अदालतले कैद सजाय सुनाएको छ ।

    उक्त कैद सजायको फैसलाविरुद्ध सर्वोच्च अदालत पुगेकी खातुनलाई पुनः सुनुवाइका लागि निस्सा नदिने आदेश दिएसँगै उनी पदमुक्त हुने भएकी हुन् । उच्च अदालतको फैसलाविरुद्ध खातुनले सर्वोच्चमा इन्साफ दोर्‍यायाई पाउँ भनि निवेदन दिएकी थिइन् ।



    निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश सुष्मालता माथेमा र नहकुल सुवेदीको इजलासले जेठ २५ गते निस्सा नदिने आदेश गरेको हो । सर्वोच्चले मुद्दा सुनुवाइका लागि निस्सा नदिएपछि उनले कैद सजाय काट्नुपर्ने अवस्था आएको हो ।



    जग्गाका लागि कागजात जुटाउने क्रममा उनीमाथि मोरङको तत्कालिन कदमाह गाउँ विकास समितिका सचिवको हस्ताक्षर र सरकारी छाप किर्ते गरेको आरोप लागेको थियो । सरकारी सहीछाप किर्ते मुद्दामा जिल्ला अदालत मोरङले २०७४ वैशाख ३१ मा एक वर्ष कैद सजाय सुनाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार