Online Nepal
  • सोमबार, ३ मंसिर २०८१
  • बाबुराम भन्छन् – अचाक्ली महँगीले जनताको ढाड भाँचिँदै छ, खै सरकारी पहल ?

    बाबुराम भन्छन् – अचाक्ली महँगीले जनताको ढाड भाँचिँदै छ, खै सरकारी पहल ?

    अनलाइन नेपाल
  • बुधबार, ८ असार २०७९
  • 729
    SHARES

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले अचाक्ली महँगीले जनताको ढाड भाँचिन थालेको बताएका छन् ।

    बुधबार बिहान ट्विट गर्दै उनले मूल्यवृद्धि नियन्त्रणमा ध्यान नदिइनु विडम्बनापूर्ण भएको पनि बताएका हुन् । इन्धनमा गरिएको मूल्यवृद्धिले सबैतिर महँगी बढ्ने उनले बताए ।



    राजनीतिक दल र नेता सत्ता र गठबन्धनको अंकगणितमा लिप्त रहेको उनको आरोप छ । सत्तासाझेदार दलका प्रभावशाली नेता डा. भट्टराईले मूल्यवृद्धि नियन्त्रणमा सरकारी पहल आवश्यक रहेको औँल्याएका छन् ।



    उनले लेखेका छन् -‘हाम्रा दल/नेता सत्ता/गठबन्धनको अरिथमेटिकमा लिप्त रहनु तर अर्थतन्त्र र मूल्यवृद्धिको अलजेब्रारक्यालकुलसमा अनिच्छुक र कमजोर रहनु विडम्बनापूर्ण छ।विशेषतः इन्धनमा मूल्यवृद्धिले उत्पादन,ढुवानी,यातायातको लागत बढाएर सबैतिर महॅगी बढ्छ ! यो अचाक्ली महॅगीले जनताको ढाड भॉचिदैछ । खै सरकारी पहल ?’

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार