काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले लेवनानका प्रधानमन्त्री नजिब अज्मी मिकातीसँग भेट गरेका छन् ।
लेवनानमा शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिकहरूको अवस्था अवलोकन गर्न गएका प्रधानसेनापति शर्माले प्रधानमन्त्री मिकातीसँग भेटवार्ता गरेका हुन् ।
साथै उनले त्यहाँका रक्षा मन्त्री, सभामुख र लेवनान सशस्त्र फोर्सका जनरलसँग पनि भेटवार्ता गरेका छन् ।
भेटवार्ताका दौरानमा नेपाली शान्ति सैनिकको भूमिका, नेपाल र लेवनानबीच सैनिक सम्बन्ध तथा दुई राष्ट्रबीच रहिआएको पारस्परिक सम्बन्ध एवं हितका विषयहरूमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।
Leave a Reply