Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • वायुसेवा कम्पनीलाई नागरिक उड्डयन प्राधिकरणको चेतावनी – धाक धम्की यहाँ चल्दैन

    वायुसेवा कम्पनीलाई नागरिक उड्डयन प्राधिकरणको चेतावनी – धाक धम्की यहाँ चल्दैन

    अनलाइन नेपाल
  • मंगलबार, ७ असार २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले वायुसेवा कम्पनीहरूलाई हवाई उडान नरोक्न चेतावनी दिएको छ ।

    हवाई क्षेत्र हड्ताल गर्न नपाइने क्षेत्र भएको भन्दै उडान नरोक्न चेतावनी दिएको हो ।



    ‘धाक धम्की यहाँ चल्दैन, हवाई सुरक्षाका लागि प्राधिकरणले लिएका नियमहरू कार्यान्वयन गर्छ,’ प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले भने, ‘हवाई क्षेत्र हड्ताल गर्न नपाइने क्षेत्र हो भन्ने कसैले पनि बिर्सनु हुँदैन ।’



    मंगलबार पत्रकार सम्मेलन गर्दै वायुसेवा सञ्चालक संघले बुधबारदेखि सबै उडान रोक्ने निर्णय सुनाएको थियो ।

    वायुसेवा कम्पनीलाई आफ्ना जहाजहरूको रात्री बिसान काठमाडौं बाहिरका विमानस्थलमा राख्न अनिवार्य गरिएपछि वायुसेवा कम्पनी आन्दोलित बनेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार