Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • कोरोनाका कारण नीति तथा कार्यक्रम कार्यान्वयनमा चुनौती : अध्यक्ष प्रचण्ड

    कोरोनाका कारण नीति तथा कार्यक्रम कार्यान्वयनमा चुनौती : अध्यक्ष प्रचण्ड

    अनलाइन नेपाल
  • शुक्रबार, २ जेष्ठ २०७७
  • 3.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  नीति तथा कार्यक्रम कार्यान्वयनमा चुनौती रहेको बताएका छन्।

    शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन ।



    संसद भवनबाट बाहिरिने क्रममा प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले कोरोना भाइरसको महामारीले सबैतिर जटिलता उत्पन्न गरेकाले नीति तथा कार्यान्वयनमा चुनौती रहेको उल्लेख  गरेका हुन ।



    कोरोना भाइरसका कारण जुन परिस्थिति देशमा सिर्जना भएको छ यसले सबैतिर जटिलता उत्पन्न गरेको भन्दै उनले त्यसैले चुनौती कार्यान्वयनमै रहेको उनको भनाइ थियो।

    अध्यक्ष प्रचण्डले प्रचण्डले नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सकिए मुलुकले राम्रो गति लिने पनि बताए।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार