काठमाडौं । विदेशी बुहारीहरुलाई घटीमा ७ वर्षभन्दा अगाडि नागरिकता नदिने भन्ने प्रस्तावित व्यवस्थाको कारणले तराई तिर कतिपय युवाहरुको बिहे हुन नसकेकोे लोकतान्त्रिक समाजवादी पार्टीका सांसद अनिल झाले बताएका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले विदेशी बुहारीहरुलाई तुरुन्तै नागरिकता नदिने भनी भएका बहसपछि तराईका युवाहरुको बिहे हुनै छाडेको टिप्पणी गरेका हुन् ।
नागरिकता तुरुन्तै नपाउने प्रस्तावित व्यवस्थाकै कारण भारतीय युवतीहरुले नेपालका युवाहरु संग बिहे गर्न मान्न छाडेको उनको भनाइ छ ।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले नागरिकता ऐन संशोधन विधेयकको प्रतवेदनमा विदेशी बुहारीलाई ७ वर्षपछि मात्रै नागरिकता दिने व्यवस्था छ ।
Leave a Reply