Online Nepal
  • सोमबार, ३ मंसिर २०८१
  • वर्तमान सरकार र गठबन्धन आफ्नै कारणले ढल्ने नेता बस्नेतको दाबी

    वर्तमान सरकार र गठबन्धन आफ्नै कारणले ढल्ने नेता बस्नेतको दाबी

    अनलाइन नेपाल
  • मंगलबार, ७ असार २०७९
  • 900
    SHARES

    काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेतले वर्तमान सरकार र गठबन्धन आफ्नै कारणले ढल्ने दाबी गरेका छन् ।

    मंगलबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै बस्नेतले अहिले आफूहरु सरकार परिवर्तन गर्ने र पाँच दलीय गठबन्धन भत्काउने खेलमा नलागेको स्पष्ट पारे ।



    उनले वर्तमान सरकारको एक वर्ष पुग्न लागेको उल्लेख गर्दैै यो एक वर्षमा सरकारले कुनै राम्रो काम गर्न नसकेको पनि दाबी गरे ।



    उनले बजेटको अघिल्लो दिन विषय विज्ञका नाममा ठूलो घरनाका मान्छे मन्त्रालय छिरेर करको दर हेरफेर गरेको भन्दै अर्थमन्त्री जनार्दन शर्माले गम्भीर अपराध गरेको आरोप लगाए ।

    एमालेले अर्थमन्त्रीको राजीनामा मागेर सदनमा सशक्त आवाज उठाएको स्मरण गराउँदै उनले मूल्यवृद्धिको विरोधमा आफ्नो पार्टीनिकट विद्यार्थी संगठन आन्दोलनमा उत्रिएको सुनाए ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार