Online Nepal
  • सोमबार, ३ मंसिर २०८१
  • मूल्यवृद्धि फिर्ता लिन कांग्रेस सांसद चौधरीको आग्रह

    मूल्यवृद्धि फिर्ता लिन कांग्रेस सांसद चौधरीको आग्रह

    अनलाइन नेपाल
  • मंगलबार, ७ असार २०७९
  • 840
    SHARES

    काठमाडौं । मूल्यवृद्धि फिर्ता लिन नेपाली कांग्रेसकै सांसद पार्वता डिसी चौधरीले आग्रह गरेकी छिन् ।

    पट्रोलियम पदार्थको मूल्य भारी मात्रामा बढाउने निर्णय गलत भएको उनको भनाइ छ ।



    प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद चौधरीले एकै पटक ह्वात्तै मूल्य बढाउनुको कारण स्पष्ट पार्न उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूसँग माग गरिन् ।



    पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिले जनताको ढाड सेकिएको र, यस्तो निर्णयले सरकार पनि अलोकप्रिय भएको सांसद चौधरीले बताईन् । जनतालाई राहत दिनुपर्ने भन्दै विद्युतीय सवारी साधनलाई प्रोत्साहन दिन पनि सांसद चौधरीले आग्रह गरिन्। ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार