Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • हङ्कङलाई नेपालले दियो ११० रनको लक्ष्य

    हङ्कङलाई नेपालले दियो ११० रनको लक्ष्य

    अनलाइन नेपाल
  • मंगलबार, ७ असार २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । एसीसी महिला टी–२० च्याम्पियनसिपमा नेपालले हङकङलाई ११० रनको लक्ष्य पेस गरेको छ ।

    मलेसियाको किनरारा मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १०९ रन बनाएको हो ।



    नेपालका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक ३२ बनाएकी छन् । नेपालका लागि ओपनिङमा आएकी सीता राना मगर ९ रनमा रनआउट भइन् ।



    खेलमा लगातार विकेट गुमाएको नेपालले १५ ओभरपश्चात मात्र सम्हालिएको खेल प्रस्तुत गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार