काठमाडौं । पत्रकारीता छाडेर नयाँ पार्टी घोषणा गरेका रवि लामिछानेले राजनीतिको हिलो सफा गर्न आफू हिलोमा डुबुल्की मार्न आएको बताएका छन् ।
मंगलबार राष्ट्रिय सभा गृहमा आफू राजनीतिमा आएको घोषणा सभामा बोल्दै उनले राजनीतिको हिलो सफा गर्न आएको उल्लेख गरे ।
राजनीतिमा कति हिलो–मैलो छ मलाई थाहा भएको र राजनीतिको हिलो सफा गर्न आफु हिलोमा डुबुल्की मारेको उनले बताए ।
उनले भ्रष्टाचार मुद्दाका फाइल टकटकाएर जानका लागि सहयोग गर्न आग्रह गरे । टेलिभिजन पर्दाबाट राजनीतिक दलका नेताहरूलाई सप्रिनुस् भन्दा पनि नसप्रिएको बताउँदै आफै राजनीतिमा आएको लामिछानेले बताए ।
Leave a Reply