Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • विदेशमा रहेका नेपालीहरुलाई मताधिकार दिन कांग्रेसको माग

    विदेशमा रहेका नेपालीहरुलाई मताधिकार दिन कांग्रेसको माग

    अनलाइन नेपाल
  • मंगलबार, ७ असार २०७९
  • 702
    SHARES

    काठमाडौं । विदेशमा रहेका नेपालीहरूले समेत मतदान गर्न पाउने व्यवस्था गर्न माग गर्दै नेपाली कांग्रेसले निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।

    कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले मंगलबार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई भेटेर विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न ध्यानार्षण गराएका हुन् ।



    थापा र शर्माले सोमबारमात्रै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर त्यसबारे ध्यानाकर्षण गराएका थिए ।



    आयोगसँगको छलफलपछि महामन्त्री शर्माले कांग्रेसले विगतदेखि नै विदेशमा रहेका नेपालीको मताधिकारबारे सरकार र आयोगको ध्यानाकर्षण गराउँदै आएको र त्यसलाई अहिले निर्णायक मोडमा पुर्‍याउन आफूहरूले प्रयास गरेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार