Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • मूल्यवृद्धि फिर्ता नलिए ५ हजार आयोजना रोक्ने निर्माण व्यवसायी महासंघको चेतावनी

    मूल्यवृद्धि फिर्ता नलिए ५ हजार आयोजना रोक्ने निर्माण व्यवसायी महासंघको चेतावनी

    अनलाइन नेपाल
  • मंगलबार, ७ असार २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । निर्माण व्यवसायीले देशभर चालु ५ हजारभन्दा बढी आयोजनाको काम ठप्प पार्ने चेतावनी दिएका छन् ।

    इन्धन र निर्माण सामग्रीको मूल्यवृद्धि हुने क्रम नरोकिँदा काम गर्न सक्ने अवस्था नभएकाले निर्माण रोक्नुपरेको व्यवसायीहरुले बताएका हुन् ।



    पेट्रोलमा एकैपटक प्रतिलिटर २१ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा २७ रुपैयाँ बढेपछि रुग्ण अवस्थामा रहेको निर्माण क्षेत्र थप आक्रान्त बनेको नेपाल निर्माण व्यवसायी महासंघले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।



    ‘इन्धनमा शतप्रतिशत मूल्यवृद्धि भएका कारण मुलुकभर संचालित राष्ट्रिय गौरवका आयोजनाहरू एवं अति जरुरीका निर्माण परियोजनाहरू पनि अब बन्द हुने स्थिति उत्पन्न भएको छ,’महासंघले भनेको छ,’निरन्तर मूल्यवृद्धि भइरहे पनि सरकारले निर्माण व्यवसायीहरूलाई कुनै राहत दिन नसकेबाट समग्र निर्माण उद्योगको विकासप्रति नै सरकारको उदासीनता पुष्टि भएको छ ।’

    अप्रत्याशित रुपमा निरन्तर भइरहेको मूल्यवृद्धिका कारण धर जमीन तथा अन्य जायजेथा धितोमा राखेर निर्माण व्यवसायमा संलग्न देशभरका हजारौं निर्माण व्यवसायीहरू, तिनका परिवार र तिनमा आश्रित लाखौं श्रमिकको बिचल्ली हुने अवस्था निश्चित भएको महासंघको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार