Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • सरकारलाई नेता रावलको प्रश्न : एसपीपी अस्वीकार गरेको पत्र पठाउन कसले रोक्यो ?

    सरकारलाई नेता रावलको प्रश्न : एसपीपी अस्वीकार गरेको पत्र पठाउन कसले रोक्यो ?

    अनलाइन नेपाल
  • सोमबार, ६ असार २०७९
  • 1K
    SHARES

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का नेता एवम् सांसद भीम रावलले अमेरिकालाई स्टेट पाटर्नसिप प्रोग्राम (एसपीपी) अस्वीकार गरेको पत्र पठाउन कसले रोक्यो ? भन्दै सरकारलाई प्रश्न गरेका छन् ।

    सोमबार नयाँबानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता रावलले सरकारले एसपीपीमा सहभागी नहुने भनेर हालसम्म अमेरिकालाई पत्राचार नगरेकोमा आपत्ति समेत जनाए ।



    ‘अमेरिकी राजदूतावासले यदि नेपालले यो सदस्यता रद्ध गर्ने हो भने गर्न सक्छ भनेर भनिराखेको छ । सार्वजनिक रुपमा भन्यो । तर बालुवाटारमा बैठक बसेर गठबन्धनका नेताहरु सर्वदलीय बैठक बोलाउने भन्ने समाचार माध्यममा पढ्न पाइयो । साझेदारी कार्यक्रममा संलग्न हुने बेलामा सर्वदलीय बैठक चाहिएन । अनि यो नेपाल सैनिक अखडा हुन सक्दैन’, रावलको भनाइ छ ।



    उनले अमेरिकाले नेपालले सम्झौता रद्ध गर्न सक्ने भनेर भनेको भएपनि नेपाल सरकारले पत्र नपठाउनुको कारण के हो ? भनेर सरकारलाई प्रश्न गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार