एजेन्सी । कन्नड अभिनेत्री स्वाती सतीशले हालै रुट क्यानालको शल्यक्रिया गराएकी थिइन् जसका कारण उनले ठूलै समस्या भोग्नुपरेको छ । गलत उपचारका कारण स्वाती सतीशको अनुहार बिग्रियो ।
शल्यक्रियापछिका उनका केही तस्बिर पनि बाहिरिएका छन् । स्वातीले आफ्नो अवस्थाका लागि चिकित्सकलाई दोष दिँदै गलत उपचार गरेको आरोप समेत लगाएकी छन् ।
रिपोर्टका अनुसार बेङ्गलोर निवासी स्वाती सतीशले हालै रुट क्यानालको शल्यक्रिया गराएकी थिइन् । यसपछि उनको पुरै अनुहार सुन्निएको थियो र दुख्न पनि सुरु भएको थियो ।
त्यसैले उनलाई चिन्न नै मुश्किल छ । स्वातिका अनुसार डाक्टरले उनलाई यो समस्या २–३ दिनमा हल हुने आश्वासन दिएता पनि तीन हप्तापछि पनि उनको अवस्थामा सुधार आएन ।
Leave a Reply