काठमाडौं पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले नेपालका कम्युनिस्ट पार्टीहरूबीच एकताका लागि नयाँ चरणको एकताको अभियान सुरु गर्न राष्ट्रिय भेला बोलाएका छन् ।
राष्ट्रियसभा सांसद रहेका गौतमले शनिबार ललितपुरको धोवीघाटस्थित सिद्धार्थ कटेजमा राष्ट्रिय भेला बोलाएका हुन् ।
गौतमका स्वकीय सचिव दीपक टमाटाले पार्टी एकता राष्ट्रिय भेलामा सबै जिल्लाबाट प्रतिनिधि पठाइदिन आग्रह गरिएको बताए ।
‘नेपालका कम्युनिस्ट पार्टीहरूबीच एकताको आवश्यकताको विषयमा छलफल गर्नका लागि राष्ट्रिय भेला बोलाउनु भएको हो‚’ टामाटाले भने, ‘अभियानमै रहेका कतिपय नेताहरू दलतिर लाग्नु भएको छ । जता लागे पनि एकता चाहनेहरू यो भेलामा उपस्थित हुनसक्ने बताउनु भएको छ ।’
Leave a Reply