Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • एसपीपीमा नेपाल आवद्ध हुन नसक्ने भनी पत्राचार गर्न प्रधानमन्त्रीलाई महामन्त्री थापा र शर्माको आग्रह

    एसपीपीमा नेपाल आवद्ध हुन नसक्ने भनी पत्राचार गर्न प्रधानमन्त्रीलाई महामन्त्री थापा र शर्माको आग्रह

    अनलाइन नेपाल
  • सोमबार, ६ असार २०७९
  • 984
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले अमेरिकी सेनाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा नेपाल आवद्ध हुन नसक्ने भनी पत्राचार गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।

    सोमबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी सभापतिसमेत रहेका देउवालाई भेट गरी उनीहरुले राष्ट्रिय सहमति निर्माण गरी एसपीपीमा कहिल्यै सहभागी नहुने गरी पत्राचार गर्न सुझाव दिएका हुन् ।



    प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको पूर्वसन्ध्यामा अमेरिकी सेनाको एसपीपी कार्यक्रममा सहभािगताको विषयलाई लिएर नेपालमा विवाद छ ।



    सरकारले भने एसपीपीमा सहभागी नहुने प्रतिवद्धता जनाएको छ । छलफलका क्रममा पार्टीको आन्तरिक विषयमा समेत कुराकानी भएको नेताहरुले बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार