काठमाडौं । संगठनलाई विधि विधानमा नचलाएको भन्दै नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीमा भाँडभैलो मच्चिएको छ ।
संगठनमा यस्तै अवस्था रहे तत्कालीन सचिव पवन कार्की पक्षले समानान्तर कमिटी चलाउने चेतावनी दिएको छ । अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलनबाट विद्यार्थी नेताहरुले चुनावी प्रतिस्पर्धाबाट नेतृत्वमा आउनुपर्ने माग राखेका थिए ।
तर पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्तक्षेप गरेर अध्यक्षसहित पदाधिकारी र केन्द्रीय समिति सर्वसम्मत टुङ्गो लगाउन निर्देशन दिएपछि संगठनमा अराजकता निम्तिएको विद्यार्थी नेताहरु बताउँदै आएका छन् ।
अखिल क्रान्तिकारीको नेतृत्वमा पञ्चा सिंहलाई ल्याएर अध्यक्षका अन्य दाबेदारलाई पार्टी केन्द्रीय समितिमा समेट्ने बचन दिएर त्यतिबेलाको विवाद शान्त बनाइएको थियो ।
Leave a Reply