Online Nepal
  • बुधबार, १० पुष २०८१
  • नक्कली ब्रान्ड प्रयोग गरी पानीको जार बेच्ने २ जना प्रकाउ

    नक्कली ब्रान्ड प्रयोग गरी पानीको जार बेच्ने २ जना प्रकाउ

    अनलाइन नेपाल
  • सोमबार, ६ असार २०७९
  • 960
    SHARES

    काठमाडौं ।अन्य कम्पनीको ब्रान्ड प्रयोग गरी पानीको जार बेच्ने डिआइ गाडीसहित २ जना व्यक्तिहरू पक्राउ परेका छन् । काठमाडौं महानगरपालीका वडा नं १४ कलंकीस्थित सडक खण्डबाट अन्य कम्पनीको ब्रान्ड प्रयोग गरिएका पानीको जारहरू सहित प्रहरुले नियन्त्रणमा लिएको हो ।

    खुल्लमखुल्ला अरु कम्पनीको ब्रान्ड प्रयोग बिक्री वितरण गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी वृत्त, कालीमाटीबाट परिचालित प्रहरी टोलीले स्पार्कलंग स्प्रिङ्क्लर नामबाट बेचबिखन भई रहेका पानीको जार र डिआइ गाडीहरुसहित सर्लाहीको लालबन्दी ५ घर भई हाल कलङ्की बस्ने वर्ष २५ को आशिष कार्की र चितवन रत्ननगर १३ घर भई हाल १३ कालिमाटी बस्दै आएका वर्ष २६ को किरण श्रेष्ठ लाई प्रकाउ गरीएको हो ।



    प्रहरीले डिआइ गाडी बा ११ च.६०४५ डिआइ गाडी बा६च २८०४ रस्पार्कलंग स्प्रिङ्क्लर पानीको जार १९७ थान प्रकाउ गरीएको प्रहरीले जनाएको छ ।



    पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि श्री वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, बबरमहल काठमाण्डौमा पठाइएको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार