काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अनियन्त्रित र चर्को मूल्यवृद्धि विरुद्ध सडकदेखि सदनसम्म सङ्घर्ष गर्ने भएको छ ।
सरकारले पेट्रोलियम पदार्थमा गरेको पछिल्लो मूल्यवृद्धिसँगै त्यसको प्रभाव हरेक बस्तुमा पर्ने भएकाले महँगीविरुद्ध सशक्त आन्दोलनको खाँचो रहेको एमालेले जनाएको छ ।
चर्को महँगीविरुद्ध आज बस्ने प्रतिनिधि सभा बैठक अघि पार्टीका शीर्ष नेताहरूबीच छलफल गर्ने एमालेको तयारी छ ।
सोही छलफलअनुसार कसरी अघि बढ्ने भन्ने रणनीति तय गर्ने एमाले उपाध्यक्ष तथा संसदीय दलका उपनेता समेत रहेका सुवास नेम्वाङले बताए ।
Leave a Reply