काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० को बजेटको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
आइतबार महानगरका प्रमुख बालेन्द्र शाहले महानगरको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । नीति तथा कार्यक्रममा व्यवस्थित र समुन्नत महानगर बनाउने योजना प्राथमिकताका साथ उल्लेख गरिएका छन् ।
बालेनले नीति तथा कार्यक्रममा महानगरपालिकालाई पारदर्शी र सुशासनको लागि मातहतका सबै कार्यालयमा सीसी क्यामेरा जडान गरिने बताए ।
यस्तै महानगर क्षेत्रभित्रका बस स्टपमा पुराना मौलिक शैलीमा फल्चाहरु निर्माण गर्ने भएको छ । मेयर शाहले यात्रुहरुको बिश्रामका लागि बस स्टपहरुमा फल्चा निर्माण गर्न विभिन्न संघ संस्थालाई प्रोत्साहित गर्ने बताएका छन् ।
यस्तो छ नीति तथा कार्यक्रमको पूर्णपाठ :
Leave a Reply